Rule 22A
सरकारी र सार्वजनिक जग्गाको दर्ता अधावधिक गरी राख्नु पर्ने
(१) मालपोत
कार्यालयले आनो क्षेत्रभित्रको सरकारी र सार्वजनिक जग्गा दर्ता गरी क्रमशः
अनुसूची–२क. र अनुसूची–२ख. बमोजिमको अभिलेखमा अद्यावधिक गरी राख्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम सरकारी र सार्वजनिक जग्गाको दर्ता अद्यावधिक
गर्दा मालपोत कार्यालयले क्षेत्रीय किताब र आवश्यक भएमा अन्य प्रमाणहरु समेत
बुझ्न सक्नेछ ।
(३) उपनियम (१) बमोजिम दर्ता गरिएको सरकारी र सार्वजनिक जग्गाको
संरक्षण गर्ने दायित्व सम्बन्धित मालपोत कार्यालयको हुनेछ ।